यात्रा- ढोरपाटन

 यात्रा- ढोरपाटन

वि.जि.एस

                                                                   

    कुनै दिन र सो दिनको क्षण कुनैपनि मानवका लागि मानसपलटमा सधै यादगार वनेर आइरहन्छन । सायद रक्षावन्धन को दिन मेरो दिमागवाट जति मेटाउन खोजेपनि कहिल्यै नमेटिने दिनको रुपमा रहेकै छ ।के कति कारणले अहिल्यै पुरा खोतलपर्ने समय आएको छैन सो समय आउदा म पनि यो रहस्य हजुरहरुको सामु ल्याउनेनै छु । प्रसङ्ग वस आज रक्षावन्धनको दिन परेकोले थोरै भुमिका मात्रै लिएर यो यात्रा संस्मरण सुरु गर्ने जमर्को गर्दै छु ।कतिपय यात्राहरु जिवनको अविष्मरणिय क्षण त वन्छन नै तर ती यात्राहरु योजनावद्ध रुपमा गरिएका हुदैनन । त्यस्तै यात्राको एउटा संम्झना यसमा उतार्ने जमर्को गर्दैछु । वर्खाको समयको प्रवाह नगरि कन हामिहरु गुल्मीको तम्घास देखि दूइ पाङ्गे साधनलाइ विश्वास गर्दै एक यात्राको गन्तव्य तय गरियो । जसको नाम हामिहरु दिइरहेका थिएम ऐतिहासिक यात्रा ढोरपाटन ।सायद धेरै व्याक्तिहरु त्यो ठाउमा पुगिसक्नु भएकै छ र म सहित हामिहरु पनि त्याहा जाने निधो गरियो ।यति राम्रो र एतिहासिक स्थानको भ्रमण तय भैसकेपछि थोरै ढोरपाटनको बारेमा नलेखिकन हाम्रो यात्रा मात्रै समेट्दा कतै यो लेखले पूर्णता पाउदैन कि भन्ने लाग्यो र यसको अवस्थितिवारे देखे सुनेका र अवलोकन गरेका चिजहरु वाट नै सुरुवात ग

ढोरपाटन शिकार आरक्ष  नेपालको एक मात्र शिकार  आरक्ष रहेछ। यो आरक्ष पश्चिम नेपाल धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको रहेछ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको र समुन्द्री सतहबाट २,८५० देखि ५५०० मिटर उचाईमा अवस्थित छ भन्ने कुरा स्थानियवाट वुझ्ने मौका मिल्यो। ढोरपाटन शिकार आरक्ष क्षेत्रमा आश्विन महिनाको शुरुवात सम्म वर्षात मौसम रहने रहेछ। यहाँ हिउँद मौसम दिनको तापक्रम न्युन रहने तथा जोडसँग हावा चल्ने रहेछ। माथिल्लो भेगमा बिहानी समयमा बादल तथा कुहिरोले ढाकिरहने तर पछि हावा चलेर बादलहरू हट्न गई मौसम सफा हुने रहेछ। माघ तथा फाल्गुण महिना तिर यस क्षेत्रको तल्लो भेग सम्म नै हिउँ पर्ने हुनाले,  यहाँका स्थानीय बासिन्दाहरु छ महिना तल र छ महिना माथि तिर बसाई गर्ने गर्दा रहेछन। यहा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लाली गुराँस, ठिँग्रे सल्ला, सिंदूर, धुपी तथा देबदारु लगायतका   विभिन्न प्रकारका बिरुवाहरू पाइदारहेछन्। उच्च उचाइको कारण, लगभग पचास प्रतिशत क्षेत्र चरन भूमि भनेर चिनिएको रहेछ। ढोरपाटनमा पाइने जनावरहरुमा नाउर प्रमुख रहेछ । ढोरपाटन शिकार आरक्ष नीलो भेडाहरूको घर नै रहेछ, चितुवा, , हिमालयन कालो भालु, भुक्ने हिरण, जङ्गली बँदेल, लङ्गुर र मुसा खरायो जस्ता हजारौ  जीवहरु पाइदो रहेछ ।  विभिन्न प्रजातिका चराहरूको यसलाई सुरक्षित घर भनिदोरहेछ । कस्तुरी मृग, ब्वाँसो  र डान्फे जस्ता केही लोपोन्मुख जनावरहरू पनि पाइदोरहेछ। 
 
ढोरपाटन शिकार आरक्ष नेपालको पश्चिमी भागको मुटुमा रहेको प्रकृति र संस्कृतिको सुमधुर सहअस्तित्वको अनुपम प्रमाणको रूपमा उभिएको रहेछ। हिउँले ढाकिएको धौलागिरि र अन्नपूर्ण हिमालय शृङ्खलाहरू, समृद्ध जैविक विविधता, र विविध स्थलाकृतिको मनोरम दृश्यहरूका साथ, यसले यात्रुहरूलाई हिमालयका आश्चर्यहरूमा डुब्ने एउटा अनुपम अवसर प्रदान गरिरहेको रहेछ भन्न हामिलाई कुनै अप्ठयारो लागेन। यहावाट यो स्पष्ट हुन्छ कि ढोरपाटन एक गन्तव्य हो।
  
ढोरपाटन उपत्यकाको बीचमा उत्तरगंगा नदी बगेको रहेछ । यहा उत्तरगंगा नदीमा स्नान गरी ढोरबराहामा पूजा अर्चना गरे मनोकामना पूर्ण हुने  पर्यटकहरुको मान्यता रहेछ । यहाको मुख्य मैदानी भागमा ढोरबराह मन्दिर र पानीको मूलमा  धाराहरु निर्माण भएको रहेछ । उत्तरगंगाको उद्गमस्थल ढोरबराहमा प्रत्येक वर्ष जनैपूर्णमा र वैशाखे पूर्णिमाको दिन मेला लाग्ने रहेछ । ढोरबराह मन्दिरमा मेला भर्न छिमेकी जिल्लाहरु म्याग्दी, रुकुम, रोल्पा, प्युठान, गुल्मी, पर्वत मात्र नभएर पछिल्लो समय मुलुक भरका पर्यटकहरु पुग्ने गरेको पाइयो । यहा पर्यटकहरु घोडा चढेर ढोर क्षेत्रको अवलोकन गर्ने र समथर ढोरपाटन उपत्यका ठूलो क्षेत्रफलमा फैलिएको हुँदा पर्यटकहरु घोडा चढेर घुम्ने रमाउँने गर्दा रहेछन । 
 
ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गले जोडेको रहेछ । बुर्तिवाङदेखि चहिखोला बजार, गादीखोला, बोवाङ गाउँ, लाकुरीबोट हुदै फल्लेघर भएर ढोरपाटन पुगिदो रहेछ । कुनै पनि नाम चलेका सम्भाव्य ठाँउमा नपुगुञ्जेल मनमा चैन नहुने र  कहिले पुगौंला भन्ने  भैरहने अवस्थामा हामी ७ जना (काशिराम सर लगाएत हरि, रन्जित, रुपलाल,राम,टोपलाल  र म) २०८१ भाद्र ३ गते ढोरपाटन शिकार आरक्ष पुग्यौ । तर त्यहाँ पुग्दाको कठिनाई र असुविधाको अनुभव गर्दा ढोरपाटन यात्रा स्मृतिमा रहिरहने  अनुभव भएको छ । हामिहरु यात्राको क्रममा निकै रमाइलो गर्दै निस्कियौ कतिपय क्षणहरु शव्दमा वर्णन गर्न नमिल्ने त कतिपय क्षणहरु मोवाइल र क्यामरामा कैद गर्दै हामिहरु उक्लिरह्यौ । वाटोभरिको यात्रा निकै रमाइलो भएपनि गन्तव्यमा पुगिसकेपछि हामिहरुलाइ वास्थानको जोहो गर्न एकछिन भौतारिन पनि नपरेको होइन ग्रुपमा हुदा सवैको व्याक्तिगत समस्याहरुलाइ थाति राखि एक निर्णयमा पुग्नै पर्ने रहेछ ती समयका कतिपय यादहरु केवल मनको भित्री कुनामा कैद भएकै छन । र सगै हामिलाइ त्यति गार्हो भएको अनुभव नदिनको लागि त्यहाको स्थानिय साथै हाम्रो मिलनसार मित्र रुपलाल जीले गरेको व्यवस्थापनले हामिलाइ कुनै कुराको अभाव चाहि भएन । यसको लागि उहालाइ खर्च गर्ने शव्दनै छैन हामिहरुसग र पनि एक असल मित्रको रुपमा सदैव रहिरहनुहुनेछ । मात्र धन्यवाद निकै कम पर्छ उहाको लागि र पनि धन्यवाद नभनिरहन सकिन प्रिय मित्र रुपलाल जी । साथै अर्को भुल्नै नसकिने नाम देव जी उहाप्रति पनि धेरै आभारी छु र साथै सवैको नाम संझनामा रहेन हाम्रो वसाइको क्रममा सहयोग गर्नुहुने अन्य धेरै पात्रहरु हनुहुन्छ सवैलाइ एकमुष्ठ धन्याद नदिरहन सक्दिन ।

Comments

Popular posts from this blog

जेन्जी

म त म नै हो ।

सोचे जस्तो हुन्न जीवन !!!!