मैले वुझेको उनी ।
मैले वुझेको उनी ।
अँध्यारो ।। चकमन्न अँध्यारोमा जुन तारा र चन्द्रमाको उज्यालो जति राम्रो हुन्छ उस्तै उ राम्रो लाग्छ मलाई धेरै राम्रो लाग्छ ।। राम्रो मान्छे ।।मन त थियो तिमीले निधारमा लगाएका रातो टिकाको सौन्दर्य हेरेर गजल लेखिदीउँ !!मन त थियो तिम्रो त्यो मन्द वाला मुस्कानलाई शब्दहरुमा घुलाएर हराभरा बनाउदै वाह वाह को गुन्जयमान तारिफ सुन्नु !!मन थियो तिम्रा हसिला अनुहार जसरी नोटबुकमा कलमको निब त्यसैगरी सलसलाउन !!मन थियो तिमीलाई मनमुटुमा टासिँए जसरी शब्दहरुमा लिप्त बनाउनु !! मन थियो तिमी हिड्दा बस्ने डोबहरु जस्तै शब्दका डोबहरु बनाउनु !!तिम्रा प्रत्येक ईसारालाई मैले शब्दमा उतारीदिउँ ।। मन नभएको त कहाँ हो र ?? तिम्रा प्रत्येक बोलिहरुलाई सम्हालेर गजल लेखीदिउँ !!
तिमीमा नै लिप्त रहिरहने ति मुस्कानका तरंगहरु समेटिदीउँ भन्ने सोँच नै नआएको त कहाँ हो र ??तिम्रा सुखको हाँसोले झरेका आँशुका थोपा जम्मा गरेर गजल एककट्ठा गर्नु मन त किन लाग्दैन र ??लाग्छ सबै तिम्रा तारीफका शब्दहरु लेख्नु मन !!तर तिम्रा लागी लेखिएका शब्दहरु यहाँ दुरुपयोग शिवाय अरु केहि देख्दैन !!तिमीलाई मैले शब्दमा अटाउने प्रेम गरेको छैन !! एउटा उपन्यासमा सिमीत प्रेम गरेको छैन र गर्ने पनि छैन !! तिमीलाई थाहा छ नी है ?? उपन्यास दुई चार घण्टा मा पढेर सकिन्छ !!तर मैले दुईचार घण्टामा तिम्रा लागि के नै लेख्न सक्छु र ??प्रर्याप्त छैनन तिम्रा लागी शब्दहरु !!सुरुवात कताबाट कसरि गरौँ ?? दोधारमा पर्छु अनि सोँच्छु ।। यो शब्दमा अटाउने ।। शब्दमा मात्र बिलाईजाने प्रेम म कदापी गर्न सक्दैन !!प्रेम जिवनको केहि आधार बनोस!! केहि पलमा नै टुटिजाने केहि क्षणमा नै बिलाईजाने नबनोस ।। रौनकमा मात्रै लिप्त हुने ।। यस्तो प्रेम मैले गर्नै सक्दैन हसाउनु, घुमाउनु, रमाउनु, खुसि पार्नु मात्र हैन सताउनु,तड्पाउनु,रुवाउनु,ईष्यामा जलाउनु पनि प्रेम नै हो ।एउटा मनले अर्को मनलाई छुनु हो प्रेम मैले बुझेको सम्बन्धमा ।।
माया होस् , खुशी होस् , पिडा होस् , सबै चिज् होस् तर किन सुरुवात गरेछु यो सम्बन्ध भन्ने पछुतो चैँ नहोस् !!त्यसैले मेरा सम्पुर्ण रिस र आबेगका हर्कतहरु तिमीलाई आफ्नोपनको महसुस गराउनका लागी मात्रै हुन् !!प्रेम गर्छु !! तर नाटकिय रुपमा ओँठमा लिप्त प्रेम मैले गर्न जान्दैन !! कहानीहरु सबैका आधा अधुरा नै हुन्छन् तर सबै खुशी रहने कोसिसमा लागीपरेका हुन्छन् ।। हो यहि हो जिन्दगीको सुन्दरता !! ईच्छाहरु र आशाहरु कहिल्यै पनि पुरा हुँदैनन् , ईच्छाहरु एक पछी अर्को आईपर्छ र आशा भन्ने चिज हरेक पाईलाहरुमा गरिन्छ कि एक पाईला सारेपछी अर्को पाईला सार्न सकियोस् !! ईच्छाहरुलाई जिवीत राख्नु , आशा हरुलाई डगमगाउन नदिनु ।। हो यसैले नै प्रेरित गर्छ खुशी रहनुको लागी , जिउनको लागी !!
Comments
Post a Comment