सम्वन्ध।।।

 

अधुरो प्रेम

बि जि एस

अचेल उन्को व्यवहार अल्ली असहज बन्दै गएको थियो।कुनै दिन म भनेसी मरिहत्ते गर्ने मान्छेले अचेल पुरै बेवास्ता गर्न थालेकि थि। म्यासेज र फोन गर्न र उठाउन ठ्याम्मै छोडेकि थि।अन्लाईनमा देख्दा पनि पुरै बेवास्ता गर्थी। तर मलाई कुनै अबगत थिएन उन्को मनमा के चलि रहेको थियो तर उन्को यो व्यवहारले भने असह्य पिडा भई रहेको थियो।

सधै झै अन्लाईमा देखिई,धेरै दिन भएको थियो कुरा नभएको ।मैले नै कुरा अघि बढाए ,लेखे''के छ? सन्चै छौ?''उता बाट कुनै बिलम्ब नगरी रिप्लाई आयो ''उम्म बाचेकै छु'।रिप्लाई त आयो तर उन्को रिप्लाईमा एउटा नमिठो गन्ध व्यप्त थियो।लेखे,तिम्रो मनमा के चलेको छ प्रिय खुलस्त भन।उता बाट रिप्लाई आयो, केहि छैन।मैले पनि लेखि हाले, ''केहि त छ नत्र किन यस्तो असहज व्यवहार म प्रति।मैले केहि कुरा बिराए र? कि केहि कुरामा चुके म? होईन भने किन यस्तो व्यवहार गर्छौ त?उता बाट बस् यति आयो"त्यस्तो केहि होईन"।त्यस्तो केहि होईन त के हो?तिम्रो मनमा के चल्दै छ खुलस्त भन,यदि कोहि नै खास भयो अहिले आएर भने नि भन प्रिय तिम्रो सानो झुटले यहा तिन जना व्यक्तिको जीवन ओझेलमा पर्न सक्छ।

यो लेखि पठाएको केहि बेरमै उता बाट रिप्लाई आयो लेखिएको थियो  तिमी आफ्नो सुर गर प्रिय,मैले जीवनमा तिम्लाई खुसि दिन सक्दिन,किन र कसरी भनेर प्रतिप्रश्न नगर यस्तो जवाफ म संग छैन।जे भयो त्यसलाई एउटा नराम्रो सपना सम्झि भुलिदेउ।दुई-चार दिनको कुरा हो त्यस पछि बिस्तारै बानी पर्छ।यो म्यासेज बाट उन्ले प्रश्न सोध्ने सबै बाटो बन्द गरिदिएकि थि। निकै मर्माहित भए तर कता कता खुसि पनि भए किनकि यो पटक उन्ले कुरा नचपाई भनेकि थिई।केहि बोल्न सक्ने अबस्थामा थिईन लेखे ''जुन खुसि दिन सक्दिन भन्ने बहाना बनाएर मलाई परित्याग गर्यौ अरुलाई कहिले त्यस्तो नगर्नु किनकि जीवनमा यस्ता कमै हुन्छन् जो निस्वार्थ प्रेम गर्छन" आफ्नो ख्याल गर्नु बाई।

यो लेख्दा लेख्दै मन नै थाम्न सकिन ह्वा-ह्वा रुन पुगेछु।यति भनेर मैले मेरो अकाउन्ट डिएक्डिभ गरे।त्यस पछिका पल कति कष्टप्रद थिए त्यो त मलाई था छ।खैर करिब पन्ध्र दिन पछि अकाउन्ट एक्टिभ गरे ।गर्न साथ उन्को प्रोफाईलमा गए ,कोहि गैर को अङ्गालोमा उन्लाई देखे।देखे पछि मनको बेग थाम्नै सकिन।मेरो प्रियसी मेरी प्रिया कसैको अङ्गालोमा थिई अनि म टुलुटुलु हेर्न बाहेक अरु के नै गर्न सक्छु र।माथि क्याप्सन थियो"इन अ रिलेसनसिप" देखे पछि आफैलाई भने यहि रहेछ त्यो भाग्यमानि जस्को लागि उन्ले मलाई त्याग्नु पर्यो ।बिकल्प त केहि बाकि थिएन तर पनि उन्को पोष्टको तल कमेन्ट गर्दिए well done, have a magical relationship god bless u both उता बाट रिप्लाई आयो ''थ्याङ्स''।तर म कति बिचलीत भईन अनि खुसि पनि छु बस् फरक यति छि कि उ कोहि अरु पाएर खुसि छे अनि म उन्लाई खुसि देखेर खुसि छु

Comments

Popular posts from this blog

जेन्जी

म त म नै हो ।

सोचे जस्तो हुन्न जीवन !!!!