जिन्दगी एक अक्लपनिय यात्रा ।

जिन्दगी एक अक्लपनिय यात्रा 
भुवन ज्ञवाली 

    आफ्नोतर्फबाट आफैंलाई चिन्न नसकेको मैले एकै भेटमा तिमीलाई के चिन्थेहोला र? तर पनि मन थाम्नै नसकेको अनुभुती भयो तिमिलाई चिन्ने कौतुहलताले मलाई सताईरहन थाल्यो । मौसम मन्द छ । बाहिर मुसलधारे पानी परेछ रातको १२ वज्न थालिसकेछ निद्रा पटक्कै आछैन तर स्मृतिमा तिम्रो तस्विर झलझलि । त्यो दिन सम्झन्न भन्दापनि एउटा शब्दले सबै ताजा वनईदियो सर? हिमाल कस्तो टल्केको छ है ।तिमीको हौ थाहा थिएन त्यसदिन तिमी मेरोमनमा हिमालको पर्यावाची भएर घुमिरह्यौ करिव ४घण्टाको हाम्रो त्यो सामुहिक यात्रामा । कतिखेर हराउथित त कतिखेर सामुन्नेमा यस्तै यस्तै ।दिन वित्दथे समय कटिरह्यो तर मेरो मन त्यहि अडियो हिमाल । सायद भगवानले चाहेर होस वा भाग्यमा ल्याएर वा जिवनको अनौठो यात्रा भोग्ने मन भएर अर्थात त्यहि अदृश्य शक्तिको मोहमा परेर मेरो जिन्दगी को वाटो बदल्न कै लागि म पनि तिमी प्रति आर्कषित हुँदै गए । मैले सुनेको थिए यौवन र सौन्दर्यतामा प्राय ज्ञान दुर्लभनै हुन्छ । आज यो पनि सहि रहेछ भन्ने भान जगाएकोमा तिमिलाई जीवन एक अध्यायको रुपमा सदैव राख्नेछु । कमजोरी मेरा धेरै थिए म मान्छु तर तिम्रो एउटामात्र पनि कमजोरी स्विकार्न नस्कनु मेरो घमण्ड नै हो। र पनि मलाई पश्चाताप छैन । हो सवै चम्किने तारा जुन हुदैनन् र जुनमा पनि दाग त छदैछ । जुन दिन देखि हामी अलग छौ त्यो दिन देखि म स्वतन्त्र चरि को रुपमा आफुलाई पाएको छु । र जिवनमा जति घुमे जति रमाए जति मन बहलाए जति कष्ट भोगे जुन स्थान वनाए यो सवै तिम्रै संगतको देन हो । भनिन्छ नि घैटोमा घाम फुटेपछि मात्र झुल्किन्छ । यो नै भैदियो । प्रेम त्यो होइन जो सव थोक हुदापनि एक्लै को आभास मात्रै हुन्छ । एक्लै भए र सवै थोकको अनुभुति प्रेम रहेछ । अदृश्य तर छ। कसैले कसैलाई भाग्यमा नै पाउछ त कसैले कल्पनामा मात्रै । जीवनमा जति पनि दुखि भएँ, त्यो सबै अरुबाट खुसीको आशा गर्दा भएँ। तर आज कसैसँग कुनै पनि खाले अपेक्षा नराखी आफ्ना काममा मात्रै व्यस्त हुँदा पनि त जिन्दगी चलेकै छ। खुसी नै छु। आफू खुसी हुन अरुमा भर पर्न नहुने रहेछ। अरुलाई नै आफ्नो खुसीको चाबी दिइयो भने आफूले पाउन सक्ने खुसी पनि कमजोर बन्दो रहेछ। तपाईं के बुझ्नुहुन्छ?के लाई महत्व दिनुहुन्छ ? ब्याक्ति पिच्छे फरक जवाफ र फरक अनुभव पाउनुहुनेछ ।हो एउटामात्र विषयवस्तु मा बहस गरेपनि सवैको फरक धारणा हुन्छ तर सहि के भन्नेमा तपाईं को मन नै निर्णायक हुन्छ । सबै मानिस सवै विषयका विज्ञ हुदैनन र मानिस भएपछि केही पनि नसिकेको कोहि हुदैन । जिवनचक्र यसरी नै चलिरहेको हुन्छ ।तपाईं लाई एकदमै मन परेको चिज तपाईंको निकटका अरुलाई मन नपर्न सक्छ यसवेला आफ्नो मन लाई सोध्नुभयो भयो भने केही उपाय निस्किहाल्छ । हो प्रेम आज यसमा केही लेख्न मन लाग्यो । प्रेम आफैमा शक्तिशाली छ । तर प्रेम के भनेर सोध्दा सवैको समान धारणा आउदैन किनभने जसले जति जसरी वुझ्छ त्यहि भन्छ। एक अनाथलाई आमावुवा थाहा हुदैन उसलाई कसैले राम्ररि बाबू वा छोरा को नामले पुकार्दा उ प्रेम को अनुभुती गर्छ । र उ सग नजिकिन खोज्छ किनकि उसको मनले त्यहीँ वुझिसकेको हुन्छ कि उ मेरा दुख सुख मा साथ रहनेछ । म देश र विदेश वस्दा पनि प्रेम भनेको एउटा केटी मानिस र केटा मानिस प्रतिको आर्कषण हो भन्ने धेरै नेपाली भेटेको छु । हुनत हामीलाई कसैले भात मात्रै दियो भने खान सक्दैनौं किनकि हामीले दाल पनि खोज्छौ । किनभने हामी निस्तो भात खानुहुदैन भन्ने संस्कारवाट अभिप्रेरित छौ। प्रेम कसैले वुझेको जस्तो मलाई लाग्दैन मात्रै आवश्यकता पूरा गर्नको लागि खनिएको वाटो हो प्रेम । प्रेम भ्रामक छ। प्रेम निस्वार्थ हुनैसक्दैन । यसरी जोडेर हेर्दा प्रेमले सवै सुख र खुसी दिन सके त्यो सार्थक प्रेम वन्न सक्ला । तर सधैभरि एउटै स्थानमा रहन सक्दैन । शरिरलाई प्रेम गर्नेहरुको जमातमा मनलाई प्रेम गर्नेहरु प्रायः कम भेटिन्छ । म छोरो मान्छे धेरै कुरा को छुट छ त छोरी मान्छे तेरो ठाउँमा वस्न पर्छ भन्ने समाजमा हुर्केको हामीलाई प्रेम गर्न आउँछ तर यसलाई दिगो वनाउन सकिँदैन । हो गरिबी हाम्रो एक नजिर हो तर सवै थोक होइन । प्राय पुरूषले एउटा नारिवाट राख्ने अपेक्षा अन्नतत सहवास नै हो जे जस्तो भएपनि अनि नारिले राख्ने अपेक्षा आत्मसन्तुष्टि नै हो । आजसम्म म हरेक नारिसगको भेट अनि कुरामा उनिहरु सन्टुष्ट भएको पाएको छैन कही न कहि दमन छ उनिहरुलाई । नेपाली नारि करिव असी प्रतिशत आत्मनिर्भर छैनन र वीस प्रतिशत आत्मनिर्भर भए पनि सन्टुष्ट छैनन। कारण धेरै हुनसक्छन् तर एउटा साझा कारण स्वतन्त्र नहुनु नै हो। स्वतन्त्र नहुनु नै मन ले चाहेको गर्न नसक्नु हो मनले चाहेको नभएपछि चित वुझाउनु एउटा पार्ट हो भने मनले खोजेको गर्न नसक्नु हिनता बोध।

Comments

Popular posts from this blog

जेन्जी

म त म नै हो ।

सोचे जस्तो हुन्न जीवन !!!!