जिवन माया मानिस
जिवन माया र मानिस
भुवन ज्ञवाली
मान्छेको जातनै स्वार्थी मैले मेरो जिबनमा
थुप्रै स्वार्थले भरिएका हरु लाइ भेटेको छु ! भोगेको छु ! नजिक हुदा आफ्नै जस्तै
अत्यन्तै आत्मीयता प्रदर्शन गर्दै आउछन, मानौकी त्यो मेरो लागि
हिरा,मोति जस्तै बहुमुल्य बस्तु जस्तै गरि देखाई
दिन्छ । तर टल्किदैमा सबै पत्थर हिरा हुदैन भन्ने कुरा त्यही देखावटी ब्यवहार
गर्ने हरुले नै सिकाएर गएका छन ।
मानविय स्वभाव हो, नयाँ कुरा खोज्ने । हरेक
चिजमा नयाँपन खोज्ने । तर, हामी आफ्नो जीवनशैली वा जीवन जिउने शैली नयाँ ढंगबाट गर्न
चाहिरहेका हुँदैनौ । पुरानै शैली र ढर्रालाई निरन्तरता दिन्छौ । त्यही ओछ्यानमा
सुत्छौ, त्यही खाना खान्छौ, त्यही गीत सुन्छौ, त्यही काम गर्छौ, त्यही मान्छेहरु भेट्छौ, त्यही ठाउँमा खाजा खान
जान्छौ, त्यही गाडी चढ्छौ, त्यही बाटो हिँड्छौ । हामी
एकोहोरिएका छौ । हामी एउटै शैलीभन्दा बाहिर आउन सकेका छैनौ । यही कारण हामीलाई
आफ्नै दिनचर्या पनि दिक्कलाग्दो लाग्छ ।
हामी झुट बोल्छौ । छल
गर्छौं । अन्याय गर्छौ । यी सबै गर्ने हाम्रो इन्द्रियले हो । हामीभित्र जुन म
भन्ने तत्व हुन्छ, त्यसले
कहिल्यै झुट बोल्दैन । हामी अरुलाई छल्छौ, झुट बोल्छौ । तर, शरीरभित्रको म ले भनिरहेको हुन्छ, तैंले झुट बोलिस् । तैंले खराब गरिस् । तैले गर्न नहुने
गरिस् । खान नहुने खाइस् ।हामी अरुलाई छल्न सक्छौं, भ्रममा पार्न सक्छौ । तर, आफुभित्रको म लाई छल्न र भ्रममा पार्न सक्दैनौ । आफ्नो को बारेमा ध्यान दिनु राम्रो तर यहात खाडिबाट
६० डीग्रीको तापक्रममा काम गर्दैगरेको एक युबकले पसिना पुछ्दै घर फोन गरेर भन्छ नेपालमा
गर्मी बढ्दैछ रे आफ्नो ख्याल राख्नु है! तर उसको पिडा को बुझ्ने यहाँ ।
मानिस हेर्दा जतिसुकै बलवान् लागेपनि यो
धर्तीको सबैभन्दा कमजोर प्राणी हो । ऊ सदैव अरूको सहारा खोजेर हिँड्छ, चाहे मनको होस् वा तनको ।
अरूसँग खुसी खोज्छ, अरूसँग प्रेम खोज्छ । मोलतोल गर्छ । कोसँग सम्बन्ध राखेर
कति खुसी हुन्छु, सुखी हुन्छु भनेर हिसाब किताब
गर्छ सम्बन्ध
राख्छ तर मानिसको जिन्दगीमा सदैव बेरुजु निस्किन्छ । यस्तो एउटा मानिस पनि यो धर्तीमा
छैन जसको जिन्दगीको हिसावकिताब ठ्याक्क मिलेको होस् ।
विरहको पीडा सहन बडो चुनौतिपुर्ण हुँदो
रहेछ । हात काटिएर रगत बगोस्, दुखेको महसुस त्यति हुँदैन, पुरै शरीर नै घाइते किन
नहोस उपचार गर्ने डाक्टर तनाम छन्, अस्पताल हजार छन् तर विरहको पीडाको एउटै
डाक्टर उही प्रियतम हुने रहेछ । जो मनमा कहिल्यै नहट्ने गरी बसेको छ । सम्बन्धहरु
जन्मन्छन् अनि टुटेर जान्छन् तर यादहरु अमर बन्दा रहेछन् । उसका यादहरु कर्णालीको
लम्बाइले लम्व्याउँदै छ, सगरमाथाको उचाइले उच्च पार्दै छ । रारा तालको गहिराइले झन्
झन् गहिरो पार्दै लगिरहेको छ । न त मेरो कर्णालीसँग कुनै शत्रुता छ, न सगरमाथाको उचाइसँग गुनासो
छ न राराको गहिराइसँग । पुष माघको जाडोमा उनको स्पर्शले न्यानो बनाइदिन्थ्यो
परन्तु आज जलाइदियो । सुख्खा मौसम सुख्खा नै रह्यो यद्यपि उनको मनको प्रकृति हरियो
भएपनि । यादहरु बडा जटिल हुँदारहेछन् । न राम्रो सँग खान दिन्छन् न सुत्न दिन्छन्
। ओठहरु नै शिलबन्दी गरेका छन् मुस्कान हराइदिएका छन् । मनमा थकानको महसुस हुँदाहुँदै पनि शीतल चौतारीमा बस्न
दिँदैनन् । हरपल, हर क्षण उसलाई नै नचाइरहन्छन्, मनको रोधीघरमा । सम्झनाको
संसारभरि उसकै नाम कोरिदिन्छन्, सपनामा उसलाई नै देखाइरहन्छन् । हामीसँगै हिँडेको बाटो
प्यारो लाग्छ । हाम्रा पैतालाको छाप परेका माटो प्रिय लाग्छ । सँगै जोडिएर बसेको
ठाउँ प्रिय लाग्छ । बाटो यहीँ छ, माटो यहीँ छ, ठाउँ यहीँ छ ।
जव मान्छे मिठो बोल्छ त्यो भित्र केहि न केही
रहस्य अबस्य लुकेको हुन्छ । स्वार्थी मान्छे हरुले सके सम्म अरुलाई प्रयोग गर्छन र
प्रयोग जे जस्तो तरिका बाट फाईदा लिन सकिन्छ त्यसरी नै प्रयोग गर्छन ! जब उपयोगीता
सकीन्छ या उपयोग गर्न सकिदैन जस्तो लाग्छ अनि मिल्काई दिन्छन् । प्रेमभन्दा अघि नै एक अर्कामा आफुलाई
समर्पित गराउछन युवायुवतिहरु ।अहिले हरेक चिज केवल यौनमा जोडिन थालेको छ।वन नाइट
स्टयान्ड सेक्स डेट तथा पाटनर एक्सचेन्ज जस्ता चलनहरु सामान्य वन्न थालेका
छन।विश्वासमा कम यौन र आकर्षणमा ज्यादा टिकेका वा बनेका
सम्बन्धमा कुन बेला कहाँ अविश्वास पैदा भएर टुट्छ थाहा हुँदैन । धेरैले प्रेम
गुमेपछि मात्र प्रेमको महसुस गर्ने गरेका छन् । मेरो एउटा कुरामा कन्भिन्स हुन सक्दिन भने ।
ठिकै छ उ गएकै राम्रो । अचेल प्रेमको बजार निकै
फस्टाएको छ । उस्ले चाहे जस्तो मान्छे कस्सो नपाउली र ?मलाई लाग्छ सम्बन्धमा नाफा र नोक्सान को
हिसाबकिताब राख्ने मान्छे कसैको प्रेमी या प्रेमिका होईन ।
मिठो बोल्ने सबै आफ्नो हुदैन,आफ्नैले दिएको धोका बाट मैले राम्रो शिक्षा
लिएको छु । संसारमा भएका आफन्त हरु सबै आफ्ना हुदैनन तर कुनै पनि पराइ अचानक आफ्नो
सबैभन्दा नजिकको मान्छे बन्न सक्दोरहेछ भन्ने मेरो अनुभव रहेको छ । न आफन्त टाढीन
समय लाग्छ न पराय नजिक हुन समय लाग्छ । जिवन पानी प्रेम र नहर जस्तो । जिवन लाई प्रेम ले आफ्नो
आकार अनुसार बग्न दिन्छ । मार्ग प्रसस्त गर्छ । जिवन पानी हो जता ओरालो उतै
बग्दिन्छ । नहर विनाको बगाई कहाँ पुगेर सुक्छ थाह हुदैन । प्रेम ले जिवनलाई
गन्तब्यमा पुर्याउछ त्यो ध्रुव सत्य कुरा हो ।
जीन्दगी सोचे जस्तो हुदैन कसैको पनि ! मेरो
पनि छैन उस्को पनि छैन अनी उनको पनि छैन ! जीन्दगीमा धोका बिछोड, दुख पिडा, गरिब धनि,ज्ञानी अज्ञानी अबस्य सबै छन, सबैको छ र हुन्छन पनि ।समयको बेग सँग बहकिदा
कहीले दुखका ठुला पहाड, समस्याका भेल, सम्वन्धका
झरी र भावनात्मक हुरी बतास संग पौठेजोरी खेल्नु परे पनि सहज रुपमा सामना गरेको
अभिनय समेत गर्नुपर्दो रहेछ जिबनमा ।
हो मैले पनि जिबन सँग धेरै संघर्ष गरें र
गर्दै छु । ब्यबहारमा हार या जित जे भएपनि हिम्मत भने कहिले हारेको छैन र जिबनको
अन्तिम पल सम्म पनि समस्या संग निर्धक्क भएर लड्ने नै छु । समस्या सँग हार मानेर
पाइला हरु लाई लडखडाउन दिने छैन यो मेरो आत्म विश्वास हो ।
साचिकै भन्नु पर्दा मैले सानो उमेरमा जति
धेरै उतार चढाव भोगेको छु, जीन्दगीका दुख सुख महसुस गरेको छु के सम्पन्न
र गरिवी सबै चिज लाइ नजिक बाट राम्रो सँग नियालेको छु । दुख के हो सुख के हो आफ्नो
को हो र पराइ त्यो पनि नजीक बाट अनुभव गरेको छु ।
कागतीलाई निचोरेझैं मैले पनि आफ्नो मनलाई
निचोरे । बुझिनसक्नुको जिन्दगीलाई केही बुझेजस्तो लाग्यो । बहकिन खोज्ने पापी मन
लाई थम्थम्याउँदै केही सपना बुन्ने सोच बनाउँदै समयको गती सँगै आफ्नो यात्रालाई
पनि अगाडी बढाउँदै गए । यो मानबको जीवन पनि कस्तो कस्तो थाहानै नपाई कसैको माया
पाउँनु गुमाउँनुको कुनै सिमानै नहुने भन्न त भन्थे मान्छेहरु केही कुरा सिक्न र जान्नको
लागी पढे्र र गरेर भन्दा आफैलाई परेर जान्दछ । आज मलाई यो कुरा साच्चै हो जस्तो
लाग्न थालेको छ बास्तबमा मान्छेले केही कुरा जान्नको लागी आफ्नो जीवनका तिता मीठा
भोगाई हरुनै सबै भन्दा ठुलो पथ प्रर्दशक हुदो रहेछ । यो माया पनि कस्तो कस्तो
कुनबेलामा रुवाउँछ कुनबेला हसाउँछ अनि कुनबेला मिलन र बिछोड् हुन्छ थाहा नै नहुने
। आज मलाई पनि त्यस्तै लाग्न थालेको छ ।
Comments
Post a Comment