जेन्जी
जेन्जी कतिपय कुराहरु असम्वभ भन्दा माथि हुन्छन । कतिपय परिस्थितिहरु आकलन गरेभन्दा झनै माथि हुन्छन । नेतृत्वले चाहन्छ भने देश पाच/दश वर्षमै कायापलट हुन्छ । जेन्जी पुस्ता- बधाई । देश लाइ गतिसिल बनाउनु छ । अझै पनि निकास आएको हैन जेन जी । तपाइहरुले 28 घण्टा नपुग्दै ती गद्धार हरुलाइ फ्याकिसक्नु भएको छ । र पनि अझै नेतृत्व तय भएको छैन । सन् १९९७ देखि सन् २०१२ भित्र जन्मिएका डिजिटल पुस्ता इन्टरनेट युगमा हुर्किएका पहिलो पुस्ता हो । यहि पुस्ताले स्मार्टफोन , सामाजिक सञ्जाल , डिजिटल प्लेटफर्मलाई आफ्नो जीवनशैलीको रुपमा अंगिकार गर्दै हुर्किएका हुन् । त्यसैले पनि यसअघि खासगरी सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा असन्तुष्टि पोख्ने गरेको उक्त पुस्ताले नेपाल सरकारले सामाजिक सञ्जाल बन्द भएसँगै आन्दोलनको घोषणा गरेर सडकमा ओर्लियो । आन्दोलन हुनुका प्रमुख कारणहरु : नेपालको इतिहासमा आन्दोलन , विद्रोह र क्रान्ति कुनै नयाँ कुरा होइन। प्रत्येक पुस्ताले आफ्नो पीडा , असन्तोष र अधिकारको मागलाई सडकबाटै उच्चारण गरेको छ। राणा साशन , पंचायती दमन , १० बर्षे जनयुध्द को अनुभब गरिसकेका छन् ...